पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ३ प्रगति टोलमा रहेको पथरी नगर पशु अस्पतालले आफ्नो सेवा सुरु गरेको छ ।
वि.सं. २०७९ कात्तिक २७ गते शिलान्यास गरिएको सो अस्पतालका आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोद्वारा उद्घाटन गरिएको हो ।
वडा नं. ३ का अध्यक्ष बिजय लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, कार्यपालिका सदस्य मिना तामाङ, अन्जना शिवाको उपस्थिति रहेको थियो ।


143 पटक हेरिएको 












