समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइन्छ: प्रदेश प्रमुख खापुङ

बिराटनगर ।  प्रदेश प्रमुख खापुङले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जयन्तीको शुभकामना दिएका छन् ।
शुभकामना पत्रमा जारी गर्दै भनिएको छ –“राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कार्तिक २५ गते उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइन्छ । बिशेषगरी फाल्गुनन्द लिङ्देनले लिम्बू समाजमा हुने विकृति, विसंगतिको विरुद्धमा आवाज उठाउनुभयो, प्रवचन दिनुभयो । समाज सुधारका निम्ति वृहत् भेला गरी ‘सत्यधर्म मुचुल्का’ तयार गर्नुभएको थियो । जसलाई आज लाखौं अनुयायीहरू मार्गदर्शनको रूपमा लिँदै आएका छन् ।”

किरात धर्म, संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायमका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास प्रदेश प्रमुखले लिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार