पथरी । विद्यालय स्वास्थ्य परीक्षण व्यवस्थापनको बैठक पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भयो ।
आज नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रम करुणा फाउण्डेसनको सहकार्य रहेको थियो । क्विज अस्पताल काठमाडौंका डा. सुनिल अधिकारी र डा. अरविन्दले प्रस्तुतिकरण राखिएको बैठकको बीचमा ३० मिनेट खुल्ला अन्तरक्रिया गरिएको थियो । अन्तरक्रिया पश्चात् नगर प्रमुख तुम्वापोले नगरपालिकाका विपन्न वर्गको लागि स्वास्थ्य परीक्षण सधैं उपलब्ध गराइने बताए


100 पटक हेरिएको 








