बीबीएसमा उत्कृष्ट अङ्ग ल्याउने घिमिरे सम्मानित

पथरी । पथरी शनिश्चरे नगरपालिका ३ नम्बर वडा कार्यालयले बीबीएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने बिना घिमिरेलाई सम्मान गरेको छ ।
मङ्गलबार स्थानीय पथरी बहुमुखी क्याम्पसकी छात्रा घिमिरेलाई आफ्नो वडाको विद्यार्थीले नगरकै नाम उचो राखेकोमा बधाई ज्ञापन गर्दै सम्मान गरेको वडा अध्यक्ष बिजय लिम्बुले जनाए ।  कात्तिक महिनामा प्रकाशित नतिजाअनुसार घिमिरेले ८५.८ प्रतिशत ल्याइन । घिमिरेको अङ्क नेपाल टप हुनसक्ने अनुमान क्याम्पसले गरेको छ । घिमिरे आमा, बुबा सहित कार्यक्रम उपस्थित भएकी थिइन् । वडा सचिव जितन लिम्बुले सञ्चालन गरिएको कार्यक्रममा जनता माविका प्रधानाध्यापक पदम सापकोटा, वडा सदस्य चन्द्र चेम्जोङ, पथरी बहुमुखी क्याम्पस स्ववियु सभापति केशर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार