आत्मानन्द कप: पाँचथरद्वारा उपाधि रक्षा

मङ्सेबुङ(इलाम) । तिजोक युवा क्लब पाँचथरले आइतबार आत्मानन्द कपको उपाधि रक्षा गरेको छ ।

इलामको माङसेबुङमा संचालित १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोलकप माङ्सेबुङ्लाई सदन डेथमा पराजित भयो । निर्धारित समयमा गोलरहित बराबरी भयो । त्यसपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा समेत ५-५ गोलको बराबरी भएपछि खेल सडन डेथ चरणमा पुग्यो । विजेता तिजोकले नगद ३ लाख ११ हजार १ सय ११ र उपविजेता माङसेबुङले नगद २ लाख ५ हजार १ सय ११ रुपैयाँसहित ट्रफि हात पायो । प्रतियोगिताको उत्कृष्ट डिफेण्डर विजेता तिजोकका रोशन आङदेम्बे, उत्कृष्ट गोलकिपर रोशन नेपाल, सर्वाधिक गोलकर्ता निर्देश राई घोषित भए । त्यस्तै उत्कृष्ट खेलाडी उपविजेता माङसेबुङका रबिन मगर र उदयीमान खेलाडी उपविजेता माङसेबुङका चन्द्रहाङ लिम्बू घोषित भए । विजेता र उपविजेता टिम र खेलडीहरुलाई नेपाल युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले पुरस्कार वितरण गरे । दार्जिलिङलाई ३–० गोल अन्तरले जित निकाल्दै तिजोक फाइनलमा प्रवेश गरेको थियो भने सिरिजंगा स्पोर्टिङ क्लब मोरङलाई २-१ गोलले पराजित गर्दै माङसेबुङ फाइनलमा पुगेको थियो ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा कप भएको थियो । कप ८ मंसिरदेखि सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार