शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले स्व. धनबहादुर एभेङ लिम्बु स्मृति सामुदायिक चमेना गृहको शिल्यान्यास गरेका छन् ।शिल
आइतबार सिरिजङ्गा स्मृति धार्मिक वन परिसरमा बन्ने गृहको नगर प्रमुख तुम्वापोले शिलान्यास गरेका हुन् । उर्लाबारी–९ निवासी स्व. धनबहादुर एमेङ लिम्बुको परिवारले निजी सौजन्यमा सामुदायिक चमेना गृह निर्माण गर्ने भएको हो । चमेना गृहको लागत १० लाखको हुनेछ । वनका लेखा संयोजक धनप्रसाद साँवा लिम्बुले चमेना गृहको निर्माणको बारेमा विस्तृत रुपमा जानकारी दिए । कार्यक्रममा वनका अध्यक्ष डम्बर चोङबाङ, वडा नं. १० वडाध्यक्ष जीवन खतिवडा, वडा नं. १ का अध्यक्ष भीम राई, वनका निवर्तमान अध्यक्ष गंगा साँवा, सव डिभिजन वन कार्यालयका प्रदिप कुँवर, वनका सल्लाहकार गोविन्द वनेम, लगायतको उपस्थिति रहेको थियो ।


141 पटक हेरिएको 












