रङ्गेली(मोरङ)। जिल्लाको धनपालथान गाउँपालिका- ४ कर्सिया बजार स्थितबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार अपरान्ह साढे ४ बजे सुर्तिजन्य पदार्थ (भोला/गुट्खा) को पाकेटमा प्रयोग गरिने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले स्थानीय ४८ बर्षीय सुनिल कुमार राजवंशीलाई पक्राउ गरेको हो । राजबशीको केशव किराना पसलबाट Ready made Tobacco लेखिएको अन्तःशुल्क स्टिकर ३ हजार १ सय ४० थान बरामद गरेको छ । संचालक राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय बिराटनगरमा बुझाइएको छ ।


121 पटक हेरिएको 












