बिराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा मंसिर २६ गते लत्ता कपडा तथा स्टेसनरी सामान बितरण गरेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१२ दरैया स्थित सम्पन्न बस्तीमा अवस्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई सामान बितरण गरेको हो । घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बाल बालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान बितरण गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोला, वडा प्रहरी कार्यालयकका प्रहरी निरीक्षक रन्जन बराललगायतको उपस्थिति रहेको थियो ।


108 पटक हेरिएको 












