पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा उद्यमशिलता विकास तालिम व्यवसाय सचेतना तथा सुरु र लैंगिक तथा सामाजिक समावेशिकरण तालिमको समापन भएको छ ।
तालिम मंसिर २४ गतेबाट सुरु भएर आज समापन गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, वडा सदस्य पूर्ण कार्की र वसुन्धरा गुरुङ्लगायतको आतिथ्यता रहेको थियो । तालिमको प्रशिक्षण अरुणा राईले गरेकी थिइन्।


139 पटक हेरिएको 












