अष्ट्रेलिया । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा मानव सेवा आश्रमले अष्टेलियामा आमा सेमिनार गर्ने भएको छ ।
फेब्रुअरी १३ देखि मार्च १३ सम्म अष्ट्रेलियाको सातै प्रदेशमा आमा सेमिनार प्रस्तुत हुने समाज अस्ट्रेलियाका अध्यक्ष आनन्द श्रेष्ठले बताए । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिता र मातृभूमिप्रतिको महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जनजनमा पुर्याउने उद्देश्यले सेमिनार आयोजना भईरहेको छ । विदेशमा रहेका नेपालीलाई मातृत्व र मातृभोमिप्रतिको दायित्वबोध गराउने उद्देश्यले मानवसेवा आश्रमले स्वदेशी लगायत विदेशी भूमिमा समेत आमा सेमिनार गर्दै आएको छ । केही समय अगाडि मात्र बेलायतमा सफतलापूर्वक आमा सेमिनार सम्पन्न गरेको मानव सेवा आश्रमले अष्ट्रेलियालगायत अमेरिका, क्यानडा, बेल्जीयम, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, पोर्चुगल, जापान, हंङकङ र कोरियामा आमा सेमिनार प्रस्तुत गर्नेछ ।
विगत १५ बर्षदेखि निरन्तर उत्प्रेरणात्मक कार्यक्रमहरु प्रस्तुत गर्दै आईरहनुभएका मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीले आमा सेमिनारकोे प्रस्तुति गर्नेछन् । आफ्नो मातृत्व र मातृभूमिबाट विभिन्न कारण टाढा बस्न विवश नेपालीहरुले उक्त सेमिनारमा मातृत्वलाई अनुभूति गर्ने आयोजकको विश्वास रहेको छ ।
गोरखा समाज अष्ट्रेलियाको समन्वयमा मानव सेवा आश्रमले अष्ट्रेलियामा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना गरेको थियो । महायज्ञबाट मानव सेवा आश्रम गोरखा शाखाको भवन निर्माणको लागि विउपुजीँका रुपमा १२ लाख सहयोग गरेको गोरखा समाज अष्ट्रेलियाले अब अष्ट्रेलियामा आयोजना हुने सम्पूर्ण कार्यक्रमको संयोजन गर्नेछ । समाजले सेमिनारको अघिल्लो दिन मानव सेवा आश्रम गोरखा शाखाको भवननिर्माण सहयोगार्थ अष्ट्रेलिया निवासी नेपाली महानुभावहरु माझ गाला डिनर आयोजना गर्ने बताईएको छ । गोरखा समाज अष्ट्रेलियाले यस अघि समेत अष्ट्रेलियामा नयाँ वर्ष, चाडवर्ष लगायत विभिन्न रोजगारमूलक कार्यशाला, आफ्नो भाषा,कला,धर्म,सँस्कार र सँस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्दै भाबि पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।

112 पटक हेरिएको 