पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा जारी सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज पनि तीन खेल भएको छ ।
पोल ए का टिमबाट बेलबारी भलिबल क्लब ए र महेन्द्र चोक भलिबल क्लब पथरी शनिश्चरे ९ बीच स्पार्धामा बेलबारीले जित्यो । पोल बी को दुई खेल भयो । पहिलो खेलमा अरुणोदय बोर्डिङ स्कुल पथरी शनिश्चरे १० लाई हराएको जाते बजार भलिबल क्लब लेटाङ्ले दोस्रो खेलमा बेलबारी भलिबल क्लब बी लाई जित्न सकेन ।
सोमबार सेमिफाइनल चरणको दुई खेल हुदैछ । सालबारी भलिबल क्लव उर्लाबारी भर्सेस बेलबारी भलिबल क्लव ए र एपीएफ पकली ईटहरी भर्सेज बेलबारी भलिबल क्लव बी बीच खेल हुने आयोजक समितिका सदस्य सचिब विक्रम पयाङ्गु लिम्बु(प्रेम)ले बताए । फाइनल भने पुष १० गते हुनेछ । सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६० हजार र उपविजेतालाई ४० हजार नगद, ट्रफी र प्रमाण पत्रहरु प्रदान गरिने आयोजक समितिका सदस्य मणि लुङ्फुङ्वा लिम्बूले बताए । १० टिम सहभागी प्रतियोगिताको दोस्रो पुरस्कार पथरी शनिश्चरे-१ निवासी समाजसेवी स्व.जहरमान थलङ लिम्बुको सम्झनामा छोराछोरी (पुर्ण थलङ, अमृत थलङ, सरोस्सता थलङ)ले प्रायोजन गरेको छ ।

किरात याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको संयुक्त आयोजनामा चासोक तङ्नामको अवसरमा प्रतियोगितामा शनिबारदेखि भइरहेको छ ।
आयोजकको अनुसार सोमबार ऐतिहासिक खेलहरू पनि हुनेछ । पक्लुङ लेप्मा(छेलो हान्ने), हप्रीङ लक्मा(लङ जम्प), लितोङ आप्मा(धनुष हान्ने) र थाक्पा उङमा(डोरी तान्ने) खेल बिहान १० बजे बाट सुरू हुने सदस्य सचिब बिक्रम पयाङ्गोले जनाए ।


148 पटक हेरिएको 








