सिरिजंङ्गा स्मृति भलिबल प्रतियोगिता: सालबारी र बेलबारी भलिबल क्लब फाइनलमा पुग्यो

फाइनल मङ्गलबार हुने

 173 पटक हेरिएको

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा जारी सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज सेमिफाइनलको खेल भएको छ ।

एपीएफ पकली ईटहरी भर्सेज बेलबारी भलिबल क्लव बी बीचको खेल बेलबारी भलिबल क्लब बीले जित्यो । बेलबारीले २५-९, २४-२५, २५-२१ सेटले एपीएफलाई फाइनल चरणमा जानबाट रोक्यो । बी पोलबाट छानिएको बेलबारीले अब सालबारीसङ्ग भेट पक्का गरेको छ ।

पोल ए को टिमबाट छनोटमा पुगेको बेलबारी भलिबल क्लब ए र सालबारी भलिबल क्लव उर्लाबारीबीच खेल भयो । खेलमा उर्लाबारीले बेलबारीलाई पाखा लगाइ पहिलो दाबेदार टिम बन्यो । उर्लाबारीले २५-२०, २५-२१, २३-२५ सेटमा बेलबारीलाई पराजित गर्‍यो ।

फाइनल भने पुष १० गते हुनेछ । सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६० हजार र उपविजेतालाई ४० हजार नगद, ट्रफी र प्रमाण पत्रहरु प्रदान गरिने आयोजक समितिका सदस्य मणि लुङ्फुङ्वा लिम्बूले बताए । १० टिम सहभागी प्रतियोगिताको दोस्रो पुरस्कार पथरी शनिश्चरे-१ निवासी समाजसेवी स्व.जहरमान थलङ लिम्बुको सम्झनामा छोराछोरी (पुर्ण थलङ, अमृत थलङ, सरोस्सता थलङ)ले  प्रायोजन गरेको छ ।

 

किरात याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको संयुक्त आयोजनामा चासोक तङ्नामको अवसरमा प्रतियोगितामा शनिबारदेखि भइरहेको छ । शनिबारदेखि नै मेला पनि लागिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार