पाचथर । प्रदेश प्रमुख परशुराम खापुङले फिदिप नगरपालिका १ र ४ को संगमस्थलमा रहेको अस्पताल मोडमा स्थापना भएको पूर्वमन्त्री स्व. पद्मसुन्दर लावतीको पूर्णकदको शालिक अनावरण गरेका छन ।
कार्यक्रममा संविधानसभाका सदस्य अइन्द्रसुन्दर नेम्बाङ, पूर्व प्रदेश सांसद आशारत्न जबेगु, जिल्ला समन्वय समितिका सभापति रामराजा आङदेम्बे, पूर्व रास्ट्रीय पन्चायत सदस्य शेरबहादुर इङ्नाम, नेपाली काँग्रेस पाँचथरका सभापति रुपनारायण जबेगु, वरिष्ठ पत्रकार मानदेव केरुङ, स्व. लावतीका छोराहरु प्रा.डा. महेन्द्र लावती, सगुनसुन्दर लावती, शालिक निर्माण समितिका आर्थिक संयोजक अप्रा उपरथी होमित लावतीले मन्तव्य राखेका छन् । प्रमुख अतिथि समेत रहेका प्रदेश प्रमुखले स्व. पद्मसुन्दर लावतीलाई विकासप्रेमी उपमा दिइएको तथा विकासप्रेमी जो पनि हुनसक्ने भएकोले विकासवादी नेता भनिनुपर्ने बताए । साथै लावती आफ्नो राजनैतिककालको नेतासमेत रहेका जनाए ।
कार्यक्रममा स्व.पद्मसुन्दर लाओती प्रतिष्ठान स्थापना भई प्रतिष्ठानको १० लाखको कोष पनि घोषणा भएको थियो । विभिन्न सांस्कृतिक झाँकी, नृत्यसहित भएको कार्यक्रमलाई निर्माण समितिका अध्यक्ष विजयवोध लावतीको सभापतित्व तथा सञ्चालन लोकेन्द्र आले मगरले गरेका थिए ।


99 पटक हेरिएको 












