ताप्लेजुङ । जिल्लाको पाथिभरा याङवरक गाउँपालिका- १ त्रिवेणी बनबाट भरुवा बन्दुक सहित २ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेएको छ ।
मङ्गलबार साझ साढे ७ बजे पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् ।
प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले स्थानीय बनबाट भरुवा बन्दुक २ नाल, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरु, खुकुरी-१ थान, गेटिस (गुलेली)- १ थान, मारेको कालिज- १ वटा र मोबाईल १ थान सहित पक्राउ गरेको हो ।


68 पटक हेरिएको 








