पथरी । सिरिजङ्गा स्मृति बन उपभोक्ता समूह पथरी शनिश्चरेको परिसरमा जारी चारदिने चासोक तङ्नाम मेला सकिएको छ । पुष ७ गतेदेखि सुरु भएको मेला पुष १० गरे सकिएको हो ।
कार्यक्रका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले सबै जातजातिको एकताभित्र विविधता रहेको, विविधतामा एकता रहेको बताएका छन् । विविधतालाई अक्षुण राख्नु नै सबैको प्रमुख कर्तव्य रहेको उल्लेख गर्दैं उनलेे आगामी दिनहरुमा धार्मिक सहिष्णुता सहितको सामाजिक एकता निरन्तर रहिरहनु पर्ने जनाए ।
नगरप्रमुख तुम्वापोले समाज बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक भएकोले नगरपालिकाले सबै धर्मको समान संरक्षण र प्रवर्द्धनका लागि प्राथमिकता दिदैं अघि बढ्ने प्रतिवद्धता जनाए । तुम्वापोले चासोक तङ्नामले जातीय सहिष्णुता कायम राखी भव्यताका साथ सम्पन्न भएकोमा खुशी व्यक्त गरे । तुम्वापोले भने, ‘भावी दिनमा चासोक तङ्नामलाई नगरमा अझ व्यापकता बनाउँदै व्यवस्थित तरिकाले मनाउनुपर्दछ ।’
कार्यक्रममा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा नं ०१ का भीम कुमार राई, वडा नं २ का नैना राई, वडा नम्बर ८ का वडाध्यक्ष नवीनजंग कार्की, किरात राई यायोक्खाका उप महासचिव अर्जुन जम्नेली राई, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख गणेश श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।
कार्यक्रममा ८ वटा प्रतियोगितात्मक के:लाङ, ९ वटा प्रतियोगितात्मक हाक्पारे पालाम प्रस्तुत भएका थिए । चासोकको अवसरमा ऐतिहासिक खेलहरू पनि भएको छ ।
भाले जुधाई, पक्लुङ लेप्मा(छेलो हान्ने), हप्रीङ लक्मा(लङ जम्प), लितोङ आप्मा(धनुष हान्ने) र थाक्पा उङमा(डोरी तान्ने) खेल भएको थियो । लितोङमा ५० स्पर्धीलाई उछिन्दै सुशन वनेम, कुमार लिम्बू र भवानी बिक्रम तुम्बापो क्रमशः प्रथम, दोश्रो र तेस्रो स्थान हासिल गरेका छन् । पक्लुङ्मा हरेन्द्र लिम्बु प्रथम भए ।
मङ्गलबार साँझ भोईस अफ नेपाल फस्ट रनरअप सविना योङ्गहाङ, गायिका दिपा सुहाङ, गायक नन्दु गुरुङ, पुष्प राई, लगायतले गीतहरू प्रस्तुत गरेका थिए ।