तमु ल्होसारमा ७ जना सम्मानित

पथरी । गुरुङ समुदायले मोरङको पथरी शनिश्चरेलगायत स्थानहरूमा धुमधामको साथ तमु ल्होसार पर्व मनाएको छ ।
२६०८ को तमु ल्होसारको उपलक्ष्यमा तमु बौद्ध गुम्बा र तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषदको संयुक्त आयोजनामा पथरीमा कार्यक्रम भएको छ ।  बिहान् ९ बजेदेखि ११:३० बजेसम्म आयु वाङ्ग अभिशेक गरिएको थियो भने दिउँसो औपचारिक कार्यक्रममा ७ जनालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

तमु बौद्ध गुम्बालाई योगदान पुर्‍याएकोमा आयोजकले स्व. क्याप्टेन पुर्ण बहादुर तमु, स्व.सुबेदार रुद्र बहादुर तमु, स्व.प्रहरी हबल्दार टेक बहादुर गुरुङ र स्व.नरबहादुर तमुलाई मरणोपर्यन्त सम्मान गरेको हो । त्यस्तै खडक बहादुर गुरुङ, जेष्ठ नागरिकद्वय ९४ वर्षीया हर्कमाया घले र ८४ वर्षीया हर्कमाया कोरङ्गी गुरुङलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा जेनी गुरुङ र एन्जल गुरुङले `चोली राम्रो पाल्पाली…´, भुमिका धिमाल, सबिना धिमाल, एलिसा धिमाल, बिनिता धिमालले `सर्ब सैइयो…´गीतमा नृत्य गरेका छन् ।

गुम्बा अध्यक्ष गणेश प्रसाद घलेको अध्यक्षता भएको कार्यक्रममा प्रेम प्रसाद गुरुङ, परिषदका जिल्ला उपाध्यक्ष हेम भक्त तमु, नगर अध्यक्ष राजेन्द्र गुरुङ, सल्लाहकार कुल बहादुर गुरुङ, गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष तथा परिषदका पुर्व लेखा समितिका सदस्य अमृत गुरुङ, रन्जना तामु, लगायतले शुभकामना आदानप्रदान गरेका छन् ।


पुष १४ गते घ्याक्सी पूजा गरिएको थियो । बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म ग्रहदशा फाल्ने कार्यक्रम गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार