फिदिम(पाँचथर) । फरक क्षमता भएका १८ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
शुक्रबार फिदिम नगरपालिका वडा नं. ४ स्थित सुखबोध माविका बिद्यार्थीहरुलाइ वितरण गरिएको हो । फिदिम नगरपालिकाको समन्वयमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिदिम पाँचथरले ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गरिएको शाखा प्रबन्धक सुर्य योङ्हाङ लिम्बुले बताए । लिम्बुको अनुसार कार्यक्रममा स्विटर, टोपी र ब्लाङ्केट गरि ५० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, प्रमुख प्रशासकिय अधिकृत प्रविनहाङ योङ्हाङ, माविका अध्यक्ष भिमाहाङमा सुब्बा, प्रधानाध्यापक लक्ष्मण बाँस्कोटालगायत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।


130 पटक हेरिएको 








