ईएमएस कार्यक्रम सम्वन्धी अन्तरक्रिया

पथरी । हात्ती पाईले रोग ईएमएस कार्यक्रम सम्वन्धी अन्तरक्रिया भएको छ ।
शुक्रबार पथरी शनिश्चरे ६ वडाको सभा हलमा आयोजित कार्यक्रममा हात्तीपाईले रोग ईएमएसको अन्तक्रिया सम्पन्न भएको हो । सो कार्यक्रममा वडाध्यक्ष कृष्ण बस्नेत, जनस्वास्थ्य अधिकृत जगत मगर, समाजसेवीहरू, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरू बीच सो कार्यक्रम भएको थियो ।
कार्यक्रमका बारे किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका सुपरभाईजर रामवालक यादवले स्पष्ट पारे । संक्रमणको जोखिम छ छैन भन्ने बारे वडाको नागरिकहरू बीच अध्ययन गरिनेछ । वडाको ३ सय जना नागरिकहरुमा सो अध्ययन गरिने एमएनएफ अनुगमन तथा मूल्याङ्कन म्यानेजर सुदिपराज खतिवडाले जानकारी दिए । सो अध्ययन शनिबार (आज)बाट सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार