सखुवारा । साबिक शनिश्चरे गाबिस वडा नम्बर ४ का स्थानीयबासीले पथरी शनिश्चरे वडा नम्बर ८ को कार्यालयमा लगाएको ताला खोलिएको छ ।
आइतबार सय बढी उपस्थित स्थानीयबासीले बिहान् १० बजे अघि नै कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी गरेको ४ घन्टापछि दिउँसो २ बजे ताला खोलिएको छ । वडा अध्यक्ष नबिनजङ्ग कार्कीले सखुवारामा स्थापना हुने भनिएको प्रहरी चौकी अहिले नबनाउने र उपयुक्त स्थान खोज्ने सहमति जुटेपछि कार्यालयमा लगाइएको ताला खोलिएको बताएका छन् । प्रहरी चौकी माग गर्न बनेको संघर्ष समितिका अध्यक्ष वीर बहादुर तुम्सा नेतृत्वको टोलीले प्रहरी चौकीको माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेको थिए । साबिक शनिश्चरे ४ मा चोरी, डकैती, लागुऔषतलगायत अपराधिक घटना घटेकाले प्रहरी चौकीको माग गरिएको संघर्ष समितिका सचिब सुनिल सदेम्बा लिम्बुले बताए । स्थानीयबासीले वडा सदस्य बाबुराम चौधरीको अध्यक्षता गत पुष १८ गते दोहलु शुक्रबारे आम भेला बसेको थियो । १ सय ८८ उपस्थित भेलाले प्रहरी चौकी माग गर्ने निर्णय गरेको थियो । भेलाले तुम्साको नेतृत्वमा १३ सदस्यीय संघर्ष समिति, गङ्गा भन्डारी संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति चयन गरेको थियो । साथै दोहलु शुक्रबारेमा रहेकोे २ कोठे टहरा भवनलाई प्रहरी चौकीको कार्यालयको स्थान उपयोग गर्ने समेत निर्णय गरेको थियो ।
कार्यपालिका के निर्णय भएको थियो?
पथरी शनिश्चरे नगर कार्यपालिकाले पालिकाको विभिन्न वस्तीहरुमा अवान्छ्निय गतिविधि बढी रहेको हुँदा वडा नम्बर ४, ६ र ७ को सिमाना किर्तिपुर बजार साथै वडा नम्बर ४ र ८ को सिमाना सखुवारामा अस्थायी प्रहरी चौकी स्थापना गरिदिन जिल्ला प्रशासन कार्यालय मोरङ्लगायत सरोकारवाला निकाय समक्ष अनुरोध गर्ने निर्णय भएको वडा नम्बर ८ का अध्यक्ष तथा नगर प्रवक्ता नविनजङ्ग कार्कीले बताए । वडा नम्बर ४ का अध्यक्ष लोक किरण न्यौपानेले कार्यपालिकाको बैठकमा किर्तिपुरमा प्रहरी चौकी राख्ने बारेमा निर्णय भएको तर सखुवारा बारेमा कुनै प्रस्ताव नआए पनि माइन्युटमा लिखित निर्णय आएकोले फरक मत राखेका छन् ।


160 पटक हेरिएको 












