वडा नम्बर ८ मा बाटो स्तरोन्नति हुँदै

पथरी । मोरङ्को शनिश्चरे नगरपालिका वार्ड न.८  मङ्गलबारेबाट दक्षिण पूर्व जाने बाटो स्तरोन्नति गरिएको छ ।

स्थानीय युवा सुनिल सोदेम्बा लिम्बुको नेतृत्वको समितिले  ६ सय मिटर बाटो निर्माण गरिरहेको छ । बाटो निर्माणको लागि  वडा कार्यालयले ५ लाख २८ हजार ५ सय ८० रकम विनियोजन गरेको छ । दुई तिर नालासहित बाटो बढाउने र तल्लो होलीमा एकतिर सिङ्गो वाल र माथिल्लो होलीमा वालसहित ३ वटा होमपाइपलाई पीसीसी गरि सेट गर्दै दिगो बिकास र बाताबरण मैत्री बिकास गरिने अध्यक्ष लिम्बुले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार