मेइतु पेन्ट्सद्वारा विभिन्न खेलकुदको आयोजना

पथरी । शान्ति सिमसार पथरी शनिश्चरेमा मेइतु पेन्ट्सले ५ औं वार्षिकोत्सव मनाएको छ ।

शनिबार  विभिन्न खेलकुदहरूको संचालन गर्दै वार्षिकोत्सवमनाएको हो। आफ्नो कम्पनीमा कार्यरत पेन्टरहरू वीच हण्डिफोर, बल पास, म्युजिक चेयर्स, बेलुन ब्रष्ट आदि खेलहरूको आयोजना गरिएको थियो । कम्पनीले आफ्नो व्यापार प्रवर्द्धनका लागि पेन्टर्सलाई बम्पर उपहार प्रदान गरेको थियो। बम्पर उपहार अन्तर्गत पथरीशनिश्चरे -१ का दिपेश लिम्बुले ३२ इन्चको टीभी उपहार प्राप्त गरे । गोलाप्रथामार्फत उनले पुरस्कार प्राप्त गरेका हुन् । यसैगरी,  पथरीशनिश्चरे -१० का ईमान्युल लिम्बुले टिकटक मार्फत कम्पनीको व्यापार प्रवर्द्धनमा विशिष्ट भूमिका खेले वापत सामसुङ ग्यालेक्सी मोबाईल सेट प्राप्त गरे । त्यस्तै, पथरीशनिश्चरे- १०कै फणिन्द्र मगरले इलेक्ट्रोनिक हिटर  प्राप्त गरेका थिए। कार्यक्रममा झापा, मोरङ, सुन्सरी, ईलाम लगायत जिल्लाबाट आएका सबै पेन्टर्सलाई मेइतु पेन्ट्स लेखिएको भेस्ट प्रदान गरिएको थियो। कम्पनीका प्रतिनिधि तुलसीराम भण्डारी,  मोरङको प्रमुख डिलर एवम् खुशी श्री ट्रेडर्सका प्रोपा प्रोपाइटर ऋषि चौलागाईं,  जेष्ठ नागरिक नर्वदा चौलागाईं, मेची अञ्चल डिस्ट्रिब्युटर  कुशल कट्वाल, दमक डिलरका संचालक भुवन निधि, खुशी श्री ट्रेडर्सकी संचालिका दिपा पराजुलीलगायतले विभिन्न खेलहरू तथा ‘लक्की ड्र’ मा विजयी पेन्टर्सलाई अबिर, माला र खादा ओढाएर पुरस्कृत गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार