इटहरी । राष्ट्रिय शैक्षिक परार्मश संघको कोशी प्रदेश समितिको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले आगामी दुई वर्षे कार्यकालका लागि नयाॅ कार्य समिति चयन गरेको छ । नव निर्वाचित अध्यक्षमा सन्तोष लिम्बु (कुरुम्बाड), उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सह सचिवमा राजु थापा र कोषाध्यक्षमा मैना राना मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा दिवस भुर्तेल, विष्णु रोई, चन्दन माझी र सोनाम रिजाल रहेको संघले बताएको छ । सभाले सल्लाहकार समिति पनि चयन गरेको छ । जसको सल्लाहकार संयोजकमा प्रमोद श्रेष्ठ, सल्लाहकार सदस्यत्रयमा दिवाकरलाल चौधरी, टीका ढकाल र निरज पौडेल छन् ।
निर्वाचन प्रक्रिया अघि संघले पव्लिक स्पिकिगं सम्वन्धी तालिम सम्पन्न भएको छ । वाककलाका विभिन्न विषयवस्तुहरु समावेश गरेर इटहरीमा सञ्चालन गरिएको तालिम समापन भएको हो । संघमा आवद्धहरुको ५० जनाको सहभागिता रहेको तालिममा वाककला विभिन्न पक्षका विषयमा पूर्व मिस नेपाल माल्विका सुब्बाले सहजिकरण गरेकी थिइन । ने का कोशी प्रदेशको दोसो बार्षिक साधारण सभा प्रदेश अध्यक्ष मोहन तिगेलाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलको प्रमुख आथित्यमा भएको साधारणसभा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न हुने प्रदेश सदस्य नरेन्द्र दंगालले जानकारी दिए । साधारण सभामा केन्द्रीय महासचिव दिपक कोइराला लगायत अथितिहरुको सहभागिता रहेको थियो ।


202 पटक हेरिएको 








