पथरीमा नगर खेलकुद महोत्सव सुरु

 141 पटक हेरिएको

पथरी । मोरङको पथरी शनिश्चरेमा ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ सुरु भएको छ ।

शनिबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगर खेलकुद विकास समितिको आयोजनामा भएको महोत्सवको उदघाटन गरे । माघ १५ गतेसम्म खेलकुद महोत्सव हुनेछ । प्रस्तावित पथरी रंगशाला जाँतेमोडमा भएको उद्घाटन समारोहलाई सम्वोधन गर्दै नगर प्रमुख तुम्वापोले  नगरवासीमा खेलकुदले उत्साह र उमङ्ग ल्याउन सफल होस् भन्दै शुभकामना व्यक्त गरे । कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्थानीय समाजसेवी, विभिन्न पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नगर खेलकुद विकास समितिका संयोजक दीपक राईको अध्यक्षतामा भएको  कार्यक्रमको सञ्चालन सदस्य सचिव नविन खुलाल गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार