नगर खेलकुद महोत्सव: फराकिलो अन्तरले नाजरिन विजयी

आज पुलचोक एफसी र युनिटी स्पोर्ट्स एफसी बीच स्पर्धा

  फिपराज बेघा  94 पटक हेरिएको

पथरी । जातेमोड पथरीमा जारी `पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०´ अन्तर्गत आइतबारको फुटबल खेलमा नाजरिन वाई.सी. विजयी भएको छ ।
नाजरिन वाई.सी.ले वाई.एफ.सी.लाई ०–५ गोल अन्तरले पराजित गरेको हो । खेलमा सलिन तामाङ र डिरिङ राईले २/२ गोल गरे भने गुञ्जाहाङ लिम्बुले १ गोल गरे । म्यान अफ द म्याच घोषित लिम्बुलाई आयोजना नगर खेलकुद बिकास समितिका संयोजक दीपक राई, सदस्य सचिब नवीन खुलालले पुरस्कृत गरेका छन् ।

नगरमा दर्ता भएका १० टिम सहभागी रहेको खेल माघ १५ गतेसम्म जारी रहनेछ ।  प्रथम हुने टिमले १ लाख, दोस्रोले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर पाउनेछ । प्रतियोगितामा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सको व्यवस्थापन गरिएको छ ।

आज पुलचोक एफसी र युनिटी स्पोर्ट्स एफसी बीच स्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार