पथरी । जातेमोडमा पथरीमा जारी पथरी शनिश्चरे नगर खुलकुद महोत्सव २०८० अन्तर्गत सोमबारको फुटबल खेलमा यूनिटी स्पोर्टस् एफ.सी. विजयी भएको छ ।
यूनिटी स्पोर्टस् एफ.सी.ले पुलचौक एफ.सी.लाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा मोडियो। यूनिटीका तर्फबाट निरज धिमाल, रोहन लिम्बु र राजकुमार कटुवालले गोल गरेको थियो भने पुलचोकको लागि एक मात्र गोल विकास राईले गरेका थिए । खेलको म्यान अफ द म्याच यूनिटीका गोलरक्षक अमन लिम्बु घोषित भए । लिम्बुलाई मेडल र दुई हजार नगद पुरस्कार नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईले प्रदान गरे ।
पथरी शनिश्चरे नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको आजको खेल कल्याण एफ.सी. भर्सेस बी १६ बिच हुने आयोजकका सदस्य सचिव नविन खुलालले जानकारी दिए ।नगरमा दर्ता भएका १० टिमले सहभागी रहेको खेल माघ १५ गतेसम्म जारी रहनेछ । प्रथम हुने टिमले १ लाख, दोस्रोले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर पाउनेछ । प्रतियोगितामा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सको व्यवस्थापन गरिएको छ ।



139 पटक हेरिएको 












