मुसहर र गेलाबारी बस्तीमा न्यानो कपडा वितरण

हसन्दह । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपप्रमुख देवीमाया काफ्लेले जनतासँग उपमेयर कार्यक्रम अन्र्तगत पथरीशनिश्चरे वडा नं. ६ का अति विपन्नहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् ।
सोमबार  वडा नं. ६ को मुसहरघट्टा मुसहर बस्ती र गेलाबारीका ७६ जना बालबालिकाहरुलाई काफ्लेले न्यानो कपडा वितरण गरेकी हुन् । कपडा वितरण कार्यक्रममा वडा नं. ६ का वडा सदस्य शान्ता थापा, महिला तथा बालबालिका शाखाकी सृजना भट्टराईको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार