पथरी । `पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगितामा कल्याण एफ सीले.ले बिजयी सुरुवात गरेको छ । मङ्गलबार भएको खेलमा कल्याणले बि१६ लाई ४-२ गोल अन्तरले पाखा लगायो । बी१६ का लागि कबि राई र सुरज शिवले गोल गरे । कल्याणका लागि सुर्य याख्खाले ह्ट्रिक गोल गरे र बिबेब आङ्देम्बेले थप एक गोल गरे । खेलको म्यान अफ द म्याच कल्याणका सुर्य याख्खा घोषित भएका छन् ।
नगरमा दर्ता भएको १० टिमले सहभागी रहेको खेल जातेमोडमा माघ १५ गतेसम्म जारी रहनेछ । प्रथम हुने टिमले १ लाख, दोस्रोले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर पाउनेछ । प्रतियोगितामा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सको व्यवस्थापन गरिएको छ ।
बुधबार युनिटी स्पोर्ट्स एफसी र राइजिङ स्टार एफसी बीच स्पर्धा हुनेछ। राइजिङ बाइ पाएको टिम हो भने युनिटी पुलचोकलाई पाखा लगाएर अघिल्लो चरणमा प्रवेश गरेको टिम हो ।



123 पटक हेरिएको 








