नगर खेलकुद महोत्सव: देबीगन्ज सेमिफाइनलमा

शुक्रबारको खेल सिरिजंगा एफ.सी. र युनिटी स्पोर्टस एफ.सी. बीच हुने

पथरी । `पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगितामा कल्याण एफ सी पराजित भएको छ ।

बिहीवार भएको खेलमा  बि१६ लाई ४-२ गोल अन्तरले पाखा लगाएको कल्याणले देबीगन्ज एफसीलाई जित्न सकेन । देबीगन्जले कल्याण एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । देबीगन्जका निरज परियारले खेलको २१ औं मिनेटमा पहिलो गोलको खाता खोले । त्यसपछि खेलको २७ औं मिनेटमा सनम धिमालले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।खेलको दोस्रो हाफमा निक्कै उत्कृष्ट खेल प्रदर्शन गर्दै कल्याण एफ.सी.का सुरज याक्खाले ३० औं मिनेटमा गोल गरे । अन्ततः निर्धारित समयमा अन्य गोल थप्न नसक्दा कल्याण एफ.सी. पराजित हुन पुग्यो । खेलको म्यान अफ द म्याच विजेता टिमका सन्जय लिम्बु घोषित भए । लिम्बुलाई वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता नविन कार्कीले नगद रु. २ हजार र ट्रफी प्रदान गरेका छन् । अब देबीगन्जले नारजिन वाईसीको सामना गर्नुपर्नेछ । सो दोस्रो सेमिफाइनल खेल माघ १३ गते हुनेछ।

नगरमा दर्ता भएको १० टिमले सहभागी रहेको खेल जातेमोडमा माघ १५ गतेसम्म जारी रहनेछ ।  प्रथम हुने टिमले १ लाख, दोस्रोले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर पाउनेछ । प्रतियोगितामा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सको व्यवस्थापन गरिएको छ।
पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको भोलिको पहिलो सेमिफाइनल खेल सिरिजंगा एफ.सी. र युनिटी स्पोर्टस एफ.सी. बीच हुने आयोजकका सदस्य सचिव नविन खुलालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार