दमक । शहरी विकास मन्त्री सिता गुरुङले झापा दमकमा
निर्माणको अन्तिम चरणमा रेहेको दमक भ्यू टावरको अनुगमन गरेकी छिन् ।
शुक्रबार अनुगमनको क्रममा मन्त्री गुरुङले सम्झौता बमोजिम आयोजना सम्पन्न गर्न र चाडैनै टावरलाई प्रयोगमा ल्याउने तर्फ ध्यान दिन निर्देशन दिइन् । सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदिप पोडेलले निर्माणको अन्तिम चरणमा रहेको भ्यूटावरको माननीय मन्त्रीको निर्देशन बमोजिम चाडो भन्दा चाडो सम्पन्न गरेर उद्धघाटन गर्ने तर्फ आयोजना अग्रसर रहेको बताए ।


139 पटक हेरिएको 











