नगर खेलकुद महोत्सव: सिरिजङ्गा फाइनलमा पुग्यो

पथरी । `पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगितामा युनिटी स्पोर्टस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सिरिजंगा स्पोटिङ क्लब फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा सिरिजंगाले युनिटीलाई ५ –० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको ५ मिनेटमै सिरिजंगाका अंकित लिम्बुले गोलको खाता खोले । त्यसपछि सुवास तामाङले २४ औं मिनेटमा अर्काे गोल गोल थपे । खेलको दोस्रो हाफको २ मिनेटमै पुनः अंकित लिम्बुले गोल थपे । यस्तै दोस्रो हाफको २१ औं मिनेटमा संजोग राईले गोल गरेका थिए भने पुनः २७ औं मिनेटमा सुवास तामाङले गोल थपे । खेलको म्यान अफ द म्याच सिरिजंगाका २ गोलकर्ता अंकित लिम्बु घोषित भए । उनलाई वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले नगद रु. २ हजार सहित ट्रफी प्रदान गरे ।जितसङ्गै सिरिजङ्गा फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । भोलि नाजारिन वाई.सी. र देविगन्ज एफ.सी. बीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।

नगरमा दर्ता भएको १० टिम सहभागी रहेको खेल पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा जातेमोडमा माघ १५ गतेसम्म जारी रहनेछ ।  प्रथम हुने टिमले १ लाख, दोस्रोले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर पाउनेछ । प्रतियोगितामा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सको व्यवस्थापन गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार