पथरी । मुन्धुमी चुम्लुङ, येले मेला व्यवस्थापन समिति पथरी शनिश्चरे ३ र ५ मोरङले येले मेला ५०८४ लगाउने भएको छ ।
`अनेकतामा एकता, मुन्धुमीहरुको मौलिकता´ नाराको साथ मुन्धुमीहरुको नयाँ सम्बत येले सम्बतको अवसरमा येले मेला दशक अघिदेखि प्रत्येक माघ १३ गतेदेखि १५ गतेसम्म लाग्दै आएको छ ।
माघ १३ गते दिउँसो येले मेला उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम, साझमा गायक नन्दु गुरुङ, याक्थुङ आइडल अन्जना नाल्बो सहितको विशेष सङ्गितिक साझ, माघ १४ गते दिउँसो ऐतिहासिक खेलकुद, साझमा गायिका सुनिता सङ्योग लिम्बूसहित बिशेष साङ्गेतिक साझ र माघ १५ गते पुरस्कर वितरण, गायक राजशुक्र लिम्बु, गायिका बिजेता सुनुवार, र्यापर अनुप्रस्त, कमेडियन चापेतीको कुम्मालगायतको विशेष प्रस्तुति रहने भएको छ ।
मुन्धुमी चुम्लुङ्का अध्यक्ष मौसम याक्थुङ्बा परिवर्तनले मेलाको सम्पूर्ण तयारी पुरा भएको बताएका छन् ।





134 पटक हेरिएको 




