नयाँ वर्षको उपलक्ष्यमा येले मेला आजदेखि सुरु

पथरी । मुन्धुमी चुम्लुङ, येले मेला व्यवस्थापन समिति पथरी शनिश्चरे ३ र ५ मोरङले लगाउदै आएको येले मेला ५०८४ शनिबार बाट सुरु भएको छ ।

`अनेकतामा एकता, मुन्धुमीहरुको मौलिकता´ नाराको साथ मुन्धुमीहरुको नयाँ सम्बत येले सम्बतको अवसरमा येले मेला दशक अघिदेखि प्रत्येक माघ १३ गतेदेखि १५ गतेसम्म लाग्दै आएको छ ।माघ १३ गते दिउँसो येले मेला उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम हुदैछ । साझमा गायक नन्दु गुरुङ, याक्थुङ आइडल अन्जना नाल्बो सहितको विशेष सङ्गितिक साझ हुने आयोजकले बताएको छ ।

माघ १४ गते दिउँसो ऐतिहासिक खेलकुद, साझमा  गायिका सुनिता सङ्योग लिम्बूसहित बिशेष साङ्गेतिक साझ हुनेछ ।

माघ १५ गते पुरस्कर वितरण, गायक राजशुक्र लिम्बु, गायिका बिजेता सुनुवार, र्‍यापर अनुप्रस्त, कमेडियन चापेतीको कुम्मालगायतको विशेष प्रस्तुति रहने भएको छ ।

मुन्धुमी चुम्लुङ्का अध्यक्ष मौसम याक्थुङ्बा परिवर्तनले मेलाको सम्पूर्ण तयारी पुरा भएको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार