पथरी । माघ १५ गते हुने फाइनलमा नाजारिन युथ क्लब र सिरिजङ्गा एफसी भिड्ने भएको छ । शनिबार भएको अन्तिम सेमिफाइनलमा टाइब्रेकरमा देविगन्ज एफ.सी.लाई पराजित गरेपछि सिरिजङ्गासङ्ग भेट पक्का भएको हो । नाजारिनले देविगन्जलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।
निर्धारित खेलको समयमा नाजरिनका दिरिङहाङ राईले १३ औं मिनेटमा गोल गरे। खेलको दोस्रो हाफमा देविगन्ज एफ.सी.का सनम धिमालले १३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । खेलको म्यान अफ द म्याच विजेता टिम नाजारिनका गोलकिपर बादल लिम्बु घोषित भए । लिम्बुलाई वडा नं. २ का अध्यक्ष नैना राईले नगद र ट्रफी प्रदान गरे ।
आइतबार महिला फुटबल प्रतियोगिता हुनेछ । पथरी –११ र राइजिङ स्टारबीच हुने आयोजकका सदस्य सचिव नविन खुलालले जानकारी दिए ।


81 पटक हेरिएको 








