निषेधित औषधिसहित ३ जना पक्राउ

बिराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधि सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले हिजो झापाको दमक नगरपालिका-९ का १९ बर्षिय दिकेश मुण्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसै गरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मोरङ बेलबारी-२ का २४ बर्षिय दिप लिम्बुको साथबाट ८० एम्पुल निषेधित औषधि सहित नियन्त्रणमा लिएको हो भने सुनसरी दुहबी-५ स्थितमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को. ३८ प ५४६५ नम्बरको मोटरसाइकल चालक इटहरी-५ सुनसरीका ४० बर्षिय दिपेश मगरको साथबाट १९४ ट्यावलेट निषेधित औषधि सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार