पथरी । पन्चायत मावि पथरी शनिश्चरेमा बिहीबारदेखि जारी ५ औं राष्ट्रपति रनिङ सिल्ड २०८०को च्याम्पियन बुद्ध माध्यमिक विद्यालय बन्न सफल भएको छ।
९ स्वर्ण र ३ वटा रजत पदक जित्दै सो विद्यालय विजेता बन्न सफल भएको हो। बुद्धले छात्रा तर्फको सटपुट, छात्र तर्फबाट १ सय, २ सय र लङ जम्प तथा छात्रा तर्फका ४ सय, १५ सय, ४×४सय मिटर रिले दौड र ज्याभलिन थ्रो र कबड्डी स्पर्धामा स्वर्ण पदक जितेको छ भने छात्रको ३ हजार दौड, छात्रा तर्फको ४×१०० मिटर रिले दौड र छात्र- ट्रिपल जम्प सहित ३ रजत पदक जितेको हो।
सिंह वाहिनी मावि प्रतियोगिताको उपविजेता बन्न सफल भएको छ। ४ स्वर्ण र ५ रजत पदक जित्दै सिंह वाहिनी उप विजेता बन्न सफल भएको हो। सिंहवाहिनीले छात्र तर्फबाट ३ हजार, ८ सय र ४×१०० मिटर रिले सहित दौड र छात्रा तर्फको लङ जम्पमा स्वर्ण पदक जितेको हो भने छात्राको ज्याभलिन, छात्राकै २ सय र ४×४०० मिटर रिले दौड तथा छात्रको लङ जम्पमा रजत पदक जितेको छ।
आयोजक पन्चायत ले सटपुट ( छात्र), ज्याभलिन थ्रो, ट्रिपल जम्प र १५ मिटर दौड (छात्र) सहित ४ स्वर्ण र भलिबल ( छात्र ), हाई जम्प ( छात्र) र ४०० मिटर दौड ( छात्रा) सहित ३ रजत पदक जितेको छ । जनता माविले १६ सय मिटर दौड र हाई जम्पमा २ स्वर्ण र सटपुट,१०० मिटर दौड,ज्याभलिन थ्रो र ट्रिपल जम्प सहित ४ रजत पदक जितेको छ।
संस्थागत विद्यालयहरुको तर्फबाट एभरेष्ट माविले सो प्रतियोगितामा छात्र र छात्रा तर्फका दुवै भलिबल प्रतियोगिताको स्वर्ण पदक जित्दै उपाधि उचाल्न सफल भएको छ। वाल्मीकि माविले छात्रा तर्फका २ सय मिटर र ३ सय मिटर दौडमा स्वर्ण पदक जितेको छ । छात्र र छात्रा तर्फका ४/४ सय मिटर दौडमा रजत पदक पनि जितेको हो। त्यस्तै, रेडस्टार माविले ट्रिपल जम्पमा १ स्वर्ण पदक जित्दै छात्रा तर्फको १५ सय मिटर दौड, छात्रको ४×१०० मि. रिले दौड र भलिबल प्रतियोगिताको उपविजेता बन्न सफल भएको हो।
प्रतियोगितामा अम्मर सिंह माविले ३ स्वर्ण र १ रजत पदक जितेको छ भने सुनाखरी माविले हाईजम्पमा १ स्वर्ण र लङ जम्पमा १ रजत पदक जित्दै चित्त बुझाउनु परेको छ। अन्नपूर्ण माविले भने ८ सय मिटर दौडमा १ वटा रजत पदक जितेको थियो।
राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक समेत रहेका नगरप्रमुख तुम्वापोले सो प्रतियोगिताका विजेता तथा उपविजेता विद्यालयका सहभागिता खेलाडीहरूलाई सिल्ड, ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरे ।
राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य तथा वडा नं. १ का अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा नगरका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत नवीन खुलाल , पञ्चायत माविका विद्यालय व्यवस्थापन समिति महासङ्घ एवंम् आयोजक विद्यालयका अध्यक्ष युवराज बाँस्कोटा, प्राचार्य अर्जुन कुमार बुढाथोकी,प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठ , वडाध्यक्षहरू क्रमशः नवीन कार्की, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन,) पथरीशनिश्चरे नगर समिति अध्यक्ष सुरेन्द्र लिम्बू, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल( एनप्याब्सन), पथरीशनिश्चरे नगर समिति अध्यक्ष थिरप्रसाद आचार्य, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो।
१५ संस्थागत तथा ११ सामुदायिक विद्यालय गरी जम्मा २६ विद्यालयहरूले रनिङ, भलिबल, छेलो, सटपुट, कबड्डी,लङ जम्प , हाई जम्प, ज्याभलिन थ्रो, लगायतका विभिन्न खेलहरूमा सहभागिता जनाएका थिए।


124 पटक हेरिएको 





