कार्यपालिकाद्वारा कार्यविधि स्वीकृत र नियमावली संशोधन 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको बैठकले ३ वटा निर्णयहरु पारित गरेको छ ।
बुधबार बसेको कार्यपालिका बैठकले नगरपालिका कर्मचारी प्रोत्साहन कार्यविधि २०८०´ स्वीकृत र नगरपालिकाको संस्था दर्ता नियमावली २०७८´ लाई संसोधन गरिएको नगर प्रवक्ता नविन कार्कीले जानकारी दिए । त्यस्तै बैठकले तराई मधेस समृद्धि  कार्यक्रम अन्तर्गत १४ वटा योजना छनौट पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार