सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरूक हुनुपर्छ: मन्त्री राई

  अमृता सुब्बा  150 पटक हेरिएको

धरान (सुनसरी) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन।

सोमबार युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आम सञ्चार समितिले धरानमा आयोजना गरेको ‘स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यशालाका प्रमुख अतिथि मन्त्री राईले देशको विविधता र ओझेलमा परेका सम्पदा संरक्षणका लागि कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् । “प्रविधिमा पनि ज्ञान भएका सञ्चारकर्मी उत्पादन भइरहेका छन् । ´उनले भने, `सञ्चारकर्मीलाई जिम्मेवार, कर्तव्यनिष्ठ बनाउन युनेस्कोको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ।” शिक्षाको क्षेत्रमा, संस्कृतिको क्षेत्रमा, बिज्ञान प्रविधिको क्षेत्रमा र आम संचारको क्षेत्रमा संयुक्त राष्ट्र संघ भन्दा ठूलो सस्था युनेस्कोले प्रभावकारी भूमिका खेलेको मन्त्री राईको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठले स्थानीय संस्कार, संस्कृति संरक्षणका लागि कलम चलाउन आग्रह गरिन । युनेस्कोले काठमाडौँबाहिर पहिलो पटक सम्पदा संरक्षणका लागि कार्यक्रम गरेको बताइन । हाम्रो संस्कृति सस्कार राम्रो भन्दैनौ अरुले पनि राम्रो नभन्ने बताउदै श्रेष्ठले सबैले संस्कृति सस्कार राम्रो भन्नुपर्नेमा जोड दिइन् । नेपाल राष्ट्रिय आयोग, आम सञ्चार समितिका संयोजक नम्रता शर्माले परम्परागत सञ्चार माध्यमदेखि एआई युगमा चुनौती थपिएको बताइन । आयोगका सहायक महासचिव रामेश्वर प्रसाद यादवले सम्पदा संरक्षणमा युनेस्कोले खेलेको भूमिकाको बारेमा उल्लेख गरे ।
चोमोलुङ्मा युनेस्को केन्द्रका अध्यक्ष हरिवंश किरातले स्थानीय सम्पदा नासिँदै गएकाले तिनको संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । पत्रकार हर्ष सुब्बाले स्थानीय पत्रकारिता सतही हुन थालेको बताए । टिप्पणीकार गोपाल देवानले स्थानीय सस्कृति र सम्पदाहरुको संरक्षणमा युनेस्को र लाहुरनिपको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संस्कृति र सम्पदाको संरक्षणमा संचारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार