बिराट राजवंशीहरुको १७ औ बृहत  भेला हुने

राजेश कुमार राजवंशी
बिराटनगर । बिराट राजवंशी समाज उत्थान केन्द्रीय समितिको १७ औं बृहत भेला फागुन ६ गते बिराटनगरमा हुने भएको छ।

राजवंशी समाज उत्थान केन्द्रीय समिति बिराटनगरले पत्रकार सम्मेलनको आयोजना गर्दै बिराट राजवंशीहरुको १७ औ बृहत  भेलाबारे जानकारी गराएको हो। बिराट राजवंशीहरु बिगत १६ वर्षदेखि  पहिचान र अधिकार पूरा गराउन आवाज उठाई रहेको छ। उहाहरुले बिराट राजवंशीलाई आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सुचिकृत गर्नु पर्ने, राज्यको हरेक अंगमा बिराट  राजवंशीको स्थान सुरक्षित गर्नु पर्ने, प्रदेश सभामा समानुपातिक रुपमा प्रतिनिधित्वको सुनिश्चित गर्नु पर्ने,  बिराटनगरमा बिराट राजवंशीलाई प्रथम जातिको रुपमा घोषणा गर्नु पर्ने, बिराटनगर महानगरपालिका , कटहरी, जहदा, बुढिगंगा र ग्रामथान गाउँ पालिका क्षेत्रलाई बिराट राजवंशी स्वायत्त परिषद ब्यवस्था गर्नु पर्ने र भेडियांरी स्थित बिराट दरबार क्षेत्रको संरक्षण र सम्बर्द्धनका लागि बिराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नु पर्ने लगायत ६ बुंदे माग राख्दै आन्दोलन गर्दै आएको छ।
बिराट राजवंशीहरुको उत्थान र एक बद्धताको निम्ति  गर्न लागेको १७ औ बृहत् भेला बारेमा प्रचारप्रसार गर्न फागुन ४ गते शुक्रबार बिहान ९:३० बजे मोटरसाइकल र्‍याली गर्ने  आयोजकले जनाएको छ । फागुन ६ गते बिहान १०:३० बजे कन्चनबारी आधारभुत बिद्यालय , बिराटनगर ४ मा भेला भैइ झाँकीसहितको र्‍याली निकाली कञ्चनबारी सितलुदास राजवंशी गुठिमा बृहत भेला हुने छ। कार्यक्रममा झापा, मोरङ सुनसरीबाट १ हजार बढीको सहभागिता रहनेछ । झापा, मोरङ, सुनसरीमा करिब ४० हजार जनसंख्यामा बिराट राजवंशीहरुको रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार