साबुन, फिनेल, हर्पिक उत्पादन तालिम

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा साबुन, फिनेल, हर्पिक उत्पादन तालिम सम्पन्न भएको छ ।
सहयोगी नेपालको प्राविधिक सहयोगमा भएको तालिममा वडावासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले तालिमले एक कदम अगाडि बढेर जिविकोपार्जन गर्न सफल हुनुहोस् भन्दै सहभागीहरुलाई शुभकामना दिए । कार्यक्रममा सहभागीको तर्फबाट कृष्णकुमार राई र विनिता लिङ्देन, सहयोगी नेपालका अध्यक्ष दयालाल राजवंशी, प्रशिक्षक गिता शाक्य, वडा सदस्य मन्जु राई लगायतले मन्तव्य राखेका थिए । वडा अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा भएको सो कार्यक्रम वडा सचिव दीर्घ रायले सञ्चालन गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार