घाइते श्रमिकलाई अधिकतम २० हजार उपलब्ध गराउने निर्णय

पथरी । पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हित व्यवस्थापन समितिको बैठक बसेको छ ।

अध्यक्ष भीम राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । विहिबार नगरपालिकाको सभाहलमा बसेको बैठकले  सीटीईभीटीद्वारा सीप परीक्षणको लागि पथरी शनिश्चरे नगर क्षेत्रभित्र रहेका दक्ष कामदारका लागि आवद्ध कन्स्ट्रक्सन मेसिन, विल्डिङ पेन्टर, रेफ्रिीजेरेसन एण्ड एसी मेकानिक लगायत अन्य सिप भएका दक्ष कामदारलाई तह २ को सर्टिफाइ हुने भएको हुँदा सीप परीक्षणका लागि सिफारिस गरी सहभागिता गराउने निर्णय गरेको छ । यस्तै सुचिकृत श्रमिकहरुको वीमा कम्पनीसँग आवश्यक प्रक्रिया बुझी वीमा कम्पनीसँग समिति मार्फत् श्रमिकहरुको वीमा गर्ने प्रक्रियामा जाने निर्णय गरेको छ । समितिले घाइते श्रमिकहरुको वीमा नभइन्जेलसम्म अनौपचारिक श्रमिक हित व्यवस्थापन निर्देशिका २०८० को दफा ३ को उपदफा ७ बमोजिम घाइते श्रमिकलाई उपचारार्थ आर्थिक सहयोग रकम र न्यूनतम १० हजार दिने, अधिकतम २० हजार दिने, १० हजार भन्दा माथि निवेदन अनुरुसार समितिबाट सिफारिस गर्ने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार