केराबारी(मोरङ) । मोरङको केराबारी गाउँपालिका-९ बाट पेस्तोल र खुकुरी सहित लेटाङ नगरपालिका-१ का ५२ बर्षिय निर कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन ३ गते बिहान केराबारी-९ भलुवाइ की ५० वर्षिया जमुना देबी राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र पेस्तोल समेत देखाएको भन्ने अस्थायी प्रहरी पोष्ट भलुवाईमा जानकारी प्राप्त हुना साथ राई पक्राउ परेका हुन् । तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले राईलाई ४ राउण्ड गोली लोड भएको MADE IN ITALI लेखेको अटो पेस्तोल १ थान, MADE IN CHINA लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी सहित पक्राउ गरेको हो ।
खुकुरी प्रहारबाट घाईते भएका दुवै जनाको बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचार भईरहेको छ ।


75 पटक हेरिएको 












