पथरी उद्योग वाणिज्य संघमा को को निर्वाचित भए?

पथरी । मोरङको पथरी शनिश्चरेमा अवस्थित पथरी उद्योग वाणिज्य संघको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सोमबार साझ प्राप्त मत परिणाम अनुसार कुल मत ६ सय ६५ मध्ये ६ सय ४७ सदर भएको छ । मत परिणामअनुसार अध्यक्षमा दिपक बस्नेत र उपाध्यक्षमा रविन राई निर्वाचित भएका छन् । बस्नेतले  ५ सय ४  मत र राईले ३ सय ७१ प्राप्त गरे । बस्नेतको स्पर्धी देवि राईले  १ सय ३२ मत पाइन् । राईको स्पर्धीद्वय इश्वरि सापकोटाले १ सय ४१ र हरिराज प्याकुरेलले १ सय ८ मत प्राप्त गरेका हुन् ।संघको आज बिहान् ९ बजेदेखि निर्वाचन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार