एभरेष्टको३८ औं वार्षिकोत्सब  

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले एभरेष्टले शैक्षिक उन्नयनमा अतुलनीय योगदान रहेको बताएका छन् ।
हिजो एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालय पथरी शनिश्चरेको ३८ औं अभिभावक दिवस तथा वार्षिकोत्सवमा प्रमुख अतिथि तुम्वापोले सो कुरा बताएका हुन् । उनले भने‘पथरी शनिश्चरेको सबैभन्दा जेठो निजी क्षेत्रबाट सञ्चालित विद्यालय एभरेष्टले यस क्षेत्रमा निरन्तर शैक्षिक उन्नयनमा आफ्नो अतुलनीय योगदान पुर्‍याउँदै आएको छ, जस्तो नाम जस्तै काम गर्दै शैक्षिक उचाईमा सफलता हासिल गरिरहेको छ, थप सफलताको शुभकामना ।’
विद्यालयका प्राचार्य एवं निर्देशक रविन कन्दङ्वाले विद्यालयको बारेमा उपस्थित अभिभावक र अतिथिहरु सामु विद्यालयको बारेमा प्रष्ट्याए । सो अवसरमा विद्यार्थीहरुले र्‍याम्स, गीत संगीत, नाटक  प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपनारायण भट्टराईको सभाध्यक्षमा भएको सो वार्षिकोत्सव कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, वडा नं. १ का वडाध्यक्ष भीम राई, शिक्षा शाखा अधिकृत नविन खुलाल, साहित्यकार तथा शिक्षक शंकर चापागाई (धनकुटे कान्छा) लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार