अरुणोदयको वार्षिकोत्सब

पथरी । अरुणोदय अंग्रेजी माध्यमिक विद्यालय पथरी शनिश्चरे १० ले २९ औं अभिभावक दिवस तथा वार्षिकोत्सव सम्पन्न गरेको छ ।
पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा विद्यालयले अभिभावक दिवस तथा वार्षिकोत्सव सोमबार मनाएको हो ।सो अवसरमा विद्यार्थीहरूले र्‍याम्स, नृत्य र मनोरञ्जनात्मक प्रस्तुतिहरु पस्केका थिए । यस्तैगरी वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य मिना तामाङ लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार