बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लेनदेन विगो मुद्दामा मोरङ जिल्ला अदालतले गत पुष १३ गतेको फैसला आदेशाले १ बर्ष कैद सजाय भई फरार भएका ती व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले बिराटनगर- ६ का ४६ बर्षीय शंकर सहनीलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला आदालतमा उपस्थित गराइ तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको छ ।


89 पटक हेरिएको 








