हसन्दहमा एड्भान्स सिलाई कटाई तालिम सुरु

हसन्दह । मोरङको पथरी शनिश्चरे ६ मा एड्भान्स सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ ।

पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालित ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पुराना लघु उद्यमीहरुको लागि सो तालिम आयोजना गरिएको हो । कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, वडा अध्यक्ष कृष्ण कुमार बस्नेत, चेतेन्द्र खड्का लगायतले शुभकामना मन्तव्य राखेका छन् । सोही क्रममा उप–प्रमुख काफ्लेले एड्भान्स तालिमले जिविकोपार्जनमा टेवा पुगोस् नगरको तर्फबाट सहयोग निरन्तर रहने बताइन। एक महिनासम्म सञ्चालन हुने तालिमको प्रशिक्षक सिता अधिकारी रायमाझीले गर्नेछिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार