बालकल्याणमा बिबाद कायमै, पठनपाठन प्रभावित

पथरी  बालकल्याण माध्यामिक विद्यालय पथरी शनिश्चरे ७ मा विवाद हुदा पठनपाठन प्रभावित हुँदै आएको छ ।

विद्यार्थी फर्कदै

मङ्गलबारदेखि विद्यार्थी र अभिभावक आन्दोलित हुँदा पठनपाठन प्रभावित हुदै आएको हो । विभिन्न माग राख्दै सुरु भएको आन्दोलन समाधान गर्न बसेको छलफल शुक्रबार पनि निष्कर्षबिहिन भयो ।

अभिभावकसँग छलफल गर्ने क्रममा वडा अध्यक्ष बस्नेत ।

पथरी शनिश्चरे ७ का वडा अध्यक्ष उद्वबराज बस्नेतले आज (शुक्रबार) बसेको बैठकमा अध्यक्ष पदमा सहमतिको प्रयास भएको र अध्यक्षमा सहमति नभएपछि बैठक स्थगित भएको बताए । उनले सोमबार बस्ने बैठकमा सहमति गरि बिद्यालयको समस्या समाधान गर्ने दाबी गरे । चार दिनदेखि आन्दोलन हुँदा बिद्यालयमा पुर्ण रूपमा पढाइ नभएको बिद्यार्थीहरुको भनाइ छ ।

अभिभावकले मंगलबारदेखि विरोधका कार्यक्रम सुरु गरेका थिए । पहिलो दिन उनीहरूले शिक्षक र विद्यार्थीको हाजिरी चेक गरेका छन । बुधबार अभिभावक र विद्यार्थीले संयुक्तरूपमा कीर्तिपुर बजार परिक्रमा गर्दै प्रदर्शन गरे । व्यवस्थापन समितिले पूर्णता पाउनुपर्ने, स्कुल प्रशासनले समय तालिकाअनुसार स्कुल लगाउनुपर्ने, स्थानीय विषयमा पठनपाठन हुनुपर्ने, दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउनुपर्ने लगायतका माग  राखेका छन् ।

उनीहरूले व्यवस्थापन समितिले कहिले पुर्णता पाउछ?, स्कुल प्रशासनले समयलाई कहिले देखि पछ्याउछ?, स्थानीय विषयमा व्यवहारिक ज्ञान् कहिले देखि पाइन्छ?, स्कुलमा राजनीति कहिले देखि बन्द हुन्छ?, दिवा खाजामा पार्दर्शिता चाहियो? शिक्षक र शिक्षिकाले पुरा पिरियड  प्रशासनले कहिले जाच्छ?, असक्षम शिक्षक चाहिन्दैन? लगायत नारा लगाउदै  प्रदर्शन गरेका थिए । कोण सभामा  विसुद्व अभिभावक र विद्यार्थीहरुले बिद्यालयको पिडा सहन नसकेर उजागर मात्रै गरेको बताउदै बिद्यालय व्यवस्थापन समितिका सदस्य लोकनाथ लुइँटेल(प्रताप) ले बच्चाहरुको भविष्यको लागि चरणबद्व संघर्ष गर्ने बताए । सोही दिन साझ आन्दोलनरत पक्षसङ्गको वार्ता सफल भएन । आन्दोलन सुरु भएयता अभिभावकहरु दिनहुुँ बिद्यालय परिषरमा उपस्थित भएर समस्या समाधान गर्न दबाब दिदै आएका छन् । अभिभावकहरुले मागबारे सुनुवाई नभएको कारण विद्यार्थीसहित आन्दोलनमा जानुपरेको आन्दोलनरत अभिभावकहरुके जनाएको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार