शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले शनिश्चरे बजारमा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
नगर प्रमुख मोहन तुम्वापोको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । पथरीशनिश्चरे नगरपालिकाद्वारा आयोजित सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडा नं ८ का वडाध्यक्ष नवीन कार्की, वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने, वडा नं ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. ३ का अध्यक्ष विजय लिम्बु, वडा नं. ५ का चेतेन्द्र खड्का, लेखा शाखा अधिकृतहरु, स्थानीयहरु लगायतका सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको थियो । नगरवासीहरूले जनप्रतिनिधीहरूसँग खानेपानी, सिंचाई, सडक निर्माण, विद्युत, सरसफाई, महिला, बालबालिका र जेष्ठ नागरिकको हक र अधिकारको लागि खुलेर सवालहरू उठाएका थिए । आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, लालपुर्जा वितरण, कम बजेट विनियोजन जस्ता विविध सवालहरूमा जनप्रतिनिधिको सकरात्मक र महत्वपूर्ण भूमिका निर्वाह गर्न समेत उनीहरुले सुझाव थिए ।
सार्वजानिक सुनुवाईमा विविध सवालहरूलाई विषयगत शाखाका अधिकारीहरु, वडाध्यक्षहरू, नगर प्रमुख मोहनप्रसाद तुम्वापो सहितले सवालको जवाफ दिँदै आफ्नो कार्यकालमा भौतिक पूर्वाधारका आयोजना र जनमुखी कार्यहरू गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।


70 पटक हेरिएको 








