उर्लाबारी । मोरङको उर्लाबारीमा शुक्रबार जनता समाजबादी पार्टी (जसपा) नेपालले धिमाल स्वायत्त क्षेत्र समितिको पुनर्गठन गरेको छ ।
जसपा, नेपालकी केन्द्रीय राजनीतिक समिति सदस्य रेखा यादव, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावती, केन्द्रिय सदस्य गंगा सेर्मा, संघीय परिषद सदस्य देवराज थापा मगर, मोरङ जिल्ला सदस्य मिश्रीलाल यादवलगायत सम्बोधन गरेको कार्यक्रममा बांगाई धिमाल (रामप्रसाद)को अध्यक्षता समिति गठन गरिएको छ ।समितिको उपाध्यक्षद्वयमा मोहन धिमाल र बविता दनुवार, सचिबमा मातृका धिमाल, उपसचिवमा याम धिमाल र कोषाध्यक्षमा श्रीप्रसाद धिमाल रहेकोे बताइएको छ ।


123 पटक हेरिएको 








