पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ७ ले मकै छर्ने मेसिन (बिउ छर्ने हाते मेसिन) वितरण गरेको छ ।
आइतबार ११ वटा बिउ छर्ने हाते मेसिन वडाका विभिन्न टोल र कृषक समूहलाई वितरण गरिएको हो । वडाको चालु आर्थिक वर्ष २०८०/८१ वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरुलाई मेसिन वितरण गरिएको छ ।वडा अध्यक्ष उद्धवराज बस्नेतले वडाका छिमेकी लाइन, मिर्मिरे चौक, लामाटोल, मंगलबारे, कृयसन चौक, सैनिक चौक, चभत्लुङ कृषि सहकारी संस्था, संगालो बस्ती, विष्णु चौक, किर्तिपुर, लामाटोली कृषक् समूहलाई मेसिन वितरण गरेको बताए ।


140 पटक हेरिएको 








